नदीमा डुबेर बालकको मृत्यु

नदीमा डुबेर बालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ७ भदौ । नदीमा डुबेर यहाँ आज एक बालकको मृत्यु भएको छ । वनहरा नदीमा नुहाउने क्रममा कृष्णपुर नगरपालिका–२ का सुरेश बोहराका नौ वर्षीय छोरा नरेश बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक धर्मेन्द्र रावलले बताउनुभयो ।

नरेशका साथीहरुसँग नदीमा पौडी खेल्न गएकाबेला बालक डुवेको उहाँको भनाइे छ । नदीमा डुबेका बालकको शव दाउरा खोज्न नदीमा गएका स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।