कुलमान घिसिङलाई पुन: प्राधिकरणका कार्यकारी निर्देशक बनाउन चर्चित कलाकारहरुको माग, सामाजिक संजालभर मुकेश काफ्लेको यस्तो भिडियो भाइरल (भिडियो)

कुलमान घिसिङलाई पुन: प्राधिकरणका कार्यकारी निर्देशक बनाउन चर्चित कलाकारहरुको माग, सामाजिक संजालभर मुकेश काफ्लेको यस्तो भिडियो भाइरल (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । जब कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बने त्यसपछि देश लोडसेडिङ मुक्त बनेको थियो । २०७३ सालको भदौ २९ गते नियुक्त भएका उनको अब चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । कुलमानको कार्यकाल सकिने दिन नजिक आउदै गर्दा देशभरका सर्बसाधारणहरु कुलमानको अर्को कार्यकालका लागि नियुक्ति हुनुपर्ने आवाज र माग गर्दै आइरहेका छन ।

अर्बौ रुपैया घाटामा गइरहेको, फाइदा त टाढाको कुरा आफ्नै कर्मचारीलाई समेत तलव दिन नसक्ने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणलाई कुलमान घिसिङको ब्यबस्थापनमा अहिले अर्बौ रुपैया नाफा कमाउने संस्था बनि सकेको अवस्था छ । यसबीच कुलमानको कार्काल सकिए पछी जनातालाई चिन्ता हुनु स्वाभाविक पनि हो । कुलमान हटेपछि देश फेरी अन्धकार पो हुने हो की भन्ने सारा नेपालीलाई चिन्ता छ ।

हुनपनि १८ घण्टा सम्म लोडसेडिङ गर्ने व्यक्ति नै पुन: प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त हुन सक्ने खबरले सबैलाई चिन्तित बनाएको छ । यस्तो खबरको सुइँको पाएपछि अन्य हैन कुलमान नै फेरी अर्को ४ वर्ष नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहनु पर्छ भन्ने चौतर्फी आवाज उठ्न थालेको छ । यसै बीच नेपालका चर्चित कलाकारहरुले पनि सामाजिक संजाल मार्फत कुलमानको पुन: नियुक्तिको माग गर्दै एक प्रकारको क्याम्पियन नै चलाएका छन् । सबै कलाकारको एउटा आवाज छ कुलमान पुन: अर्को कार्यकालको लागी नियुक्ति ।

वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुक पेजमा कुलमान घिसिङको फोटो राखेर लेख्नु हुन्छ – ‘देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ, उज्यालो ल्याउनेलाई सम्मान गरौँ । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्नेछ ।’

त्यस्तै चर्चित गायक शिव परियार लेख्नु हुन्छ – ‘म ब्यक्तिगत रुपमा कुलमान घिसिङ्ग ज्यु फेरि पुन: एक पटक बिधुत प्राधिकरणको हाकिम हुनु पर्दछ भनेर नेपाल सरकारसंग एउटा नेपालि नागरिकको हैसियतमा जोड्दार माग गर्दछु ! अहिले देशलाई,अहिले मात्र हैन सधैंभरि देशलाई उज्यालो चाहिएको छ ! अब नेपाल सरकारको निर्णय कुरेको छु हेरौं ! आशा छ उज्यालो प्रेमि हामि जस्ता तमाम नेपालि जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ !’

अर्का चर्चित गायक प्रमोद खरेल लेख्नु हुन्छ – ‘क सच्चा सपुत कुलमान घिसिङज्यूलाई मिल्छ भने पुन नियुक्ति गर्दा हुन्छ । थाहा छ, व्यक्तिभन्दा विधि ठूलो हो, हो भने नयाँ आउनेले कमसे कम देश र जनताका लागि अर्काे कुलमान बन्न सक्नुपर्छ । नत्र खबरदार ! जनतालाई धोका हुनेछ ।’

चर्चित अभिनेत्री करिश्मा मानन्धर लेख्नु हुन्छ – ‘थोरै अफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन , कुलमन घिसिङ फेरि चाहिन्छ ।’

चर्चित हास्य कलाकार मनोज गजुरेल लेख्नु हुन्छ – ‘बहुमत जनता’ कुलमानलाई दोहोर्याउनु पर्छ भन्दैछन् भने ‘बहुमतको सरकार’लाई यसो गर्न कुन मतले छेक्छ !? ‘ओके छ त’ भनेर समयको माग र जनताको चाहानाको कदर गरे भैगो । श्री कुलमानलाई नै सदर गरे भैगो’

#Right Place #Right Person #Right time #Right Decision #KULMAN_GHISING

अर्का हास्य कलाकार जितु नेपाल लेख्नु हुन्छ – ‘मेरो पनि चाहना र सम्मान अादरणिय सर कुलमान।’

कुलमान अगाडीको कार्यकाल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहेका मुकेश काफ्ले पुन: प्राधिकरणका कार्यकारी निर्देशक बन्न लागेको खबर आएपछि उनको तिब्र बि रोध हुन थालेको छ । उनले दिनमा १८ घण्टा सम्म लोडसेडिङ गरेको भन्दै पुन: उनलाई प्राधिकरणका कार्यकारी निर्देशक बनाउन योग्य नरहने सर्बसाधारणको ठम्याई छ । यसै बीच प्राधिकरणका पुर्व कार्यकारी निर्देशक मुकेश काफ्लेको एक भिडियो अन्तर्वार्ता पनि सामाजिक संजालमा भाइरल बनिरहेको छ । भिडियो हेर्नुहोस ।