निषेधाज्ञा थप नगर्न ध्यानाकर्षण

निषेधाज्ञा थप नगर्न ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा थप नगर्न पोखरा चेम्बर अफ कमर्सले ध्यानाकर्षण गराएको छ । पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा लामो समयसम्म कायम रहँदा राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पार्ने भएकोले यसको अवधि थप नगर्न प्रशासनको ध्यानाकर्षण गराउनुभएको हो । सानो आकारको अर्थतन्त्र भएको मुलुकले लामो समयसम्मको निषेधाज्ञा धान्न नसक्ने विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारी बीचमा पनि नेपाल सरकारले लागु गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्ड एवम् सावधानीलाई पालना गर्दै उत्पादन, व्यापार व्यवसायलाई नियमित गर्न पाउनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा निषेधाज्ञाको विकल्पमा स्वरुप परवर्तन गरी यसको रोकथामका अन्य सुरक्षा सावधानी अपनाउनुपर्ने भनिएको छ ।

विश्वका अन्य मुलुकले अपनाएका विधिलाई अवलम्बन गर्दै आर्थिक गतिविधिलाई नियमित गरी निजी क्षेत्रलाई चलायमान बनाउन आग्रह गर्दै चेम्बरले सबै उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र विकास निर्माणका काम रोकिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर परेको दाबी गरेको छ ।नि जी क्षेत्रलाई सरकारले ल्याएको राहात तथा पुनस्थापना कोषले केही हदसम्म सम्बोधन गरेको चर्चा गर्दै विज्ञप्तिमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक निती सकारात्मक भएकोले कार्यान्वयनमा जोड दिन समेत माग गरिएको छ । ––– रासस