नेत्रविक्रम चन्दका दाजु पुनः पक्राउ

नेत्रविक्रम चन्दका दाजु पुनः पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका केन्द्रिय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारिकमा रिहा भएलगतै पुनः पक्राउ पर्नुभएको छ । हातह’तियार तथा साङ्गठानिक अ’पराधलगायत चार मुद्दामा पक्राउ पर्नुभएका चन्दलाई जिल्ला अदालत भोजपुरले रु ६० हजार धरौटीमा रिहा गर्ने फैसला गरेको भएपनि चन्दले धरौटी तिर्न नसकेपछि कारगार चलान गरिएको थियो ।

सर्वोच्च अदातलमा गैर कानुनी रुपमा कारगार चलान भएको भनि बन्दिप्रत्यक्षीकरणको रिट परेपछि न्यायाधीशहरु दीपक कार्की र प्रकाशमान सिं राउतको आदेशमा बिना धरौती आज रिहा गरिएको जिल्ला अदालत भोजपुरले जनाएको छ । भोजपुरबाट रिहा हुने बितिकै चन्दविरुद्ध संखुवासभा जिल्लामा पनि हातह’तियार तथा साङ्गठानिक अ’पराधसम्बन्धि नै मुद्दा रहेकोले पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । चन्दलाई साउन १५ गते काभ्रेपलाञ्चोकबाट नियन्त्रण लिएर भोजपुर ल्याइएको थियो ।  रासस