एकै दिन सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार

एकै दिन सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत सोलुखुम्बुबाट दुई सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । बेहोशावस्थामा रहेका सोलुदूधकुण्ड नगरपालिका– ७ गार्माकी २० वर्षीया गर्भवती विनिता लामिछाने र शिशुको अवस्था नाजुक भएकी माप्यदूधकोशी गाउँपलिका वाकुकी २३ वर्षीया जेनिसा मगरलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको जिल्ला अस्पताल फाप्लुले जनाएको छ ।

उनीहरुको अहिले प्रसूतिगृह थापाथलीमा उपचार भइरहेको छ । अस्पतालका निमित्त प्रमुख शानी शेर्पाका अनुसार ३३ हप्ताकी गर्भवती लामिछाने रक्तश्रावका कारण बेहोश भएकाले थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रेफर गरिएको छ ।

सामान्यतया ४० हप्तामा शिशु जन्मने भए पनि ३३ हप्ताको अवधिमै आमामा यस्तो समस्या देखिएपछि रेफर गरिएको उहाँको भनाइ छ । उपचारमा संलग्न चिकित्सकका अनुसार यस्तो अवस्थामा आमाको ज्यान बचाउन १२ घण्टाभित्र शिशु निकाल्नुपर्ने हुन्छ । वाकुकी मगरको शिशुलाई श्वासप्रश्वासमा समस्या आएपछि रेफर गरिएको अस्पतालले जनाएको छ ।

फाप्लु अस्पतालमा सामान्य प्रक्रियाबाटै आज अपराह्न प्रसूति गराइए पनि शिशुको अवस्था जटिल बन्दै गएपछि

काठमाडौँ पठाइएको निमित्त प्रमुख शेर्पाले बताउनुभयो । दुवै महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत फाप्लुबाट एकै पटक उद्धार गरिएको हो ।
यही भदौ १ गते मात्रै दुई सुत्केरीको एकै दिन हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । सोलुखुम्बुमा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागु भएपछि ११ गर्भवती तथा सुत्केरीको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ । रासस