सरकारले जनताको पीडा सम्बोधन गरेनः सिटौला

सरकारले जनताको पीडा सम्बोधन गरेनः सिटौला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकार नेपालीहरुको साझा सरकार बन्न नसकेको आरोप लगाउनुभएको छ ।

झापाको चन्द्रगढीमा आज आयोजित कार्यक्रममा नेता सिटौलाले राष्ट्रिय स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षाका लागि कांग्रेसको विकल्पमा कुनै दल नरहेको दावी गर्नुभयो । “कोरोना महामारीको संकटका बेलामा सरकारले जनताको पीडा सम्बोधन गर्न सकेको छैन”, उहाँले भन्नुभयो । एकल जहानियाँ राणा शासनकालदेखि श्रमजीवी वर्गको उन्नतिका लागि काँग्रेस लड्दै आएको स्मरण गर्दै नेता सिटौलाले समाजवाद कागजमा होइन व्यवहारमा ल्याउन कांग्रेस बाहेक अन्य दलले नसक्ने जिकिर गर्नुभयो ।