के बजारबाट किनेर ल्याएको तरकारी फलफुलबाट कोरोना भाइरस सर्छ ?

के बजारबाट किनेर ल्याएको तरकारी फलफुलबाट कोरोना भाइरस सर्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । कोरोना भाइरस कोभिड-१९ को प्रकोप नेपालमा बढ्दो अवस्थामा रहेको छ । सुरुका दिनमा तराई र सुदुरपश्चिममा बढी संक्रमण देखिएको थियो । तर अहिले काठमाडौँ उपत्यका संक्रमणको केन्द्र बन्दै गएको छ ।

संक्रमितको संख्या दिनानु दिन बढ्दै जानु र दैनिक मृतकको संख्यामा बृद्दी हुनुले आम जनमानसमा चिन्ताको विषय बनेको छ । अहिले सम्म भ्याक्सिनको प्रयोग नभइसकेको अवस्थामा कोभिड-१९ बाट बच्ने एउटा मात्र उपाय आफु संक्रमणबाट टाढा रहनु नै हो । त्येसको एउटा मात्र उपाए सामाजिक घुलमिल कम गर्नु र मास्क, सेनिटाइजर लगायतको सहि प्रयोग गर्नु नै हो ।

यस्तोमा धेरैले मास्क त प्रयोग गरिनै रहेका छन् । कतिले सर्जिकल मास्क, कतिले एन-९५ मास्क त कतिले कपडाको मास्क लगाएको हामि देख्न सक्छौ । धेरैले सर्जिकल मास्क र एन-९५ मास्क पनि कपडाको मास्क जस्तै धोएर पुन: लगाएको देखिन्छ । त्यस्तै कतिले एउटा मास्क हप्ता दिन सम्म मैलो र छिद्र भइन्जेल लगाएको पाइन्छ । के यी दुवै तरिका सहि हो त ?

यिनै प्रश्न र जिज्ञासाबारे सरुवारोग विशेषज्ञ डाक्टर अनूप सुवेदीले केही दिनअघि सांसद गगन थापासँगको फेसबुक संवादमा स्पष्ट जवाफ दिएका छन्। डाक्टर अनुपका अनुसार कपडाको जस्तो सर्जिकल मास्क र एन-९५ मास्क दुवै धोएर पुन: लगाउन मिल्दैन । मास्क धोएपछि त्यसको छिद्रहरूमा रहेको कपडा बिग्रन्छ। भाइरस सजिलै छिर्न सक्छ।

डाक्टर अनुपका अनुसार सर्जिकल मास्क र एन-९५ मास्क धोएर लगाउन नमिल्ने मात्र हैन आज लगाएको मास्क भोली त्यहि लगाउन समेत मिल्दैन । त्यसो भन्दै गर्दा कोरोना महामारीमा रहेका जनताले बिहान बेलुका हात मुख त जोड्न धौ धौ छ । कसरी दिन दिनै नया मास्क फेर्न सक्छन त ?

यसको पनि समाधान रहेको डाक्टर अनुप यसरी बताउछन – धुन नमिले पनि मास्क पुनः प्रयोग गर्ने तरिका छ। हामी स्वास्थ्यकर्मीहरू आज एउटा मास्क लगाउँछौं। त्यसलाई खोलेर कोठामा अलक्क कतै झुन्ड्याएर राख्छौं। भोलि फेरि अर्को लगाउँछौं। त्यसलाई पनि उसैगरी झुन्ड्याएर राख्छौं। यसरी चार दिनसम्म हामी चारवटा छुट्टाछुट्टै मास्क लगाउँछौं।

डाक्टर अनुप थप्छन – ‘मास्कको बाहिरी पत्र हातले छुन पनि हुँदैन। कसैगरी छोइहाल्यो भने हात साबुनपानीले धुनुपर्छ वा स्यानिटाइजर लगाइहाल्नुपर्छ।’

त्यस्तै यदि मास्क फाट्यो वा प्वाल पर्यो भने पनि त्यसलाई सिलाएर टालेर पुन: प्रयोग गर्न नमिल्ने डाक्टर अनुप स्पष्ट पार्छन । सहि तरिकाले मास्क लगाएर यो माहामारीबाट बाच्न सकिने डाक्टर अनुप स्पष्ट पार्छन । कुराकानीको सुरुवातमा उनले जापानको उदाहरण पनि दिएका छन । जापानमा चिन पछी छिट्टै संक्रमण देखिए पनि त्यहा बिना लकडाउन नै कोरोना संक्रमण फैलिन सकेको छैन। त्यसको कारण जापानीहरुले मास्क लगाएर त्यसको रोकथाम गरेको हो भनेर डाक्टर अनुप स्पष्ट पार्छन ।

के तरकारी फलफुलबाट कोरोना भाइरस सर्छ ?

सैदान्तिक रुपमा हेर्दा कुनै पनि कोरोना संक्रमितले तरकारी फलफुलमा छोएर वा त्यसमा थुक वा हाछ्युको छिटा परेर त्यसलाई ग्राहकले किनेर लाने क्रममा छुदा त्यसबाट पनि कोरोना भाइरस संक्रमण हुन्छ भन्ने लाग्छ । तर त्यो सम्भावना भने न्यून छ ।

खासमा त्यो फलफुल तरकारी जस्ता सामानबाट कोरोना सर्ने भन्दा पनि व्यापारीको स्वास प्रस्वासको प्रत्यक्ष सम्पर्कबाट चाहि बढी सर्ने गर्दछ । त्यसैले व्यापारी र ग्राहक दुवै जनाले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने हुन्छ ।

डाक्टर अनुपका अनुसार अर्को मुख्य ध्यान दिनु पर्ने कुरा के हो भने बजारबाट किनेर ल्याएको तरकारी फलफुललाई घरमा ल्याए पछी धुदा पखाल्दा हातलाई अनुहारमा लानु भएन, नाक र आखामा औला पुर्याउनु भएन ।

मानिसको प्रत्यक्ष सम्पर्कमा जस्तो कोरोना सर्ने जोखिम नभएपनि सकभर तरकारी फलफुल किन्दा र घरमा ल्याए पछी सामान्य साबधानी भने अपनाउनु पर्ने डाक्टर अनुप बताउछन ।

सांसद गगन थापाले डाक्टर अनुप सुबेदीसंग गरेको कुराकानीको पुरा अंश तल हेर्नुहोस ।