हावाहुरीले मकैबालीमा क्षति

हावाहुरीले मकैबालीमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, ११ भदौ । जोरायल गाउँपालिकामा आएको हावाहुरी तथा ठूलो वर्षाले किसानले लगाएको मकैबालीमा नोक्सानी गरेको छ । बुधबार साँझ आएको हावाहुरीसँगैको वर्षाले उक्त गाउँपालिकाका वडा नं ३ र ४ का किसानले लगाएको मकै खेती पुरै ढलाएर सोत्तर बनाएको जोरायलका बासिन्दा तीर्थराज भट्टले बताउनुभयो ।

त्यहाँका किसानले लगाएको सयौँ रोपनी खेतको मकै हावाहुरीले बोटबाटै ढलाएपछि काम नलाग्ने अवस्थामा रहेको किसान बताउँछन् । हावाहुरीले ढलाएका अर्थात् भाँचिएका मकै किसानले काटेर गाइबस्तुलाई खुवाउन थालेको किसान भक्त थापाले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हावाहुरीले मकै बालीमा गरेको क्षतिका बारेमा जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “कहाँ केकति क्षति भयो खबर आएको छैन, आएपछि राहतका लागि आवश्यक पहल गछौँ ।”