भोलीको राशिफल : वि.सं.२०७७ साल भाद्र १२ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २८ तारिख

भोलीको राशिफल : वि.सं.२०७७ साल भाद्र १२ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २८ तारिख

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वि.सं.२०७७ साल भाद्र १२ गते । शुक्रबार । ईश्वी सन् २०२० अगष्ट २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र शुक्लपक्ष । तिथि–दशमी,१२ घडी ५६ पला,बिहान १० बजेर ५१ मिनेट उप्रान्त एकादशी । नक्षत्र–मूल,२४ घडी ५४ पला,दिउसो ०३ बजेर ३८ मिनेट उप्रान्त पूर्वाषाढा । योग– प्रिती,३५ घडी १९ पला,बेलुकी ०७ बजेर ४८ मिनेट उप्रान्त आयुम्मान । करण–गर,बिहान १० बजेर ५१ मिनेट उप्रान्त वणिज,बेलुकी १० बजेर १२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २६ मिनेट । दिनमान ३१ घडी ५५ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

भाग्यभावमा गोचर गर्ने चन्द्रमाले खोज तथा अनुशन्धानको क्षेत्रमा उल्लेख्य प्रगति गर्न सकिनेछ । धाार्मिक तथा शैक्षिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ भने मन्दिर तिरको यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसायमा थोरै लगानि गर्दा पनि मनग्गे आम्दानि गर्न सकिनेछ । राजनितिकर्मी तथा समाजसेवीहरुले जनताको काम गरि राज्यबाट पद प्राप्त गर्न सक्नेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

बिभिन्न अवसरहरुको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथिको सहयोगले एक किसिमको उत्साह जगाउनेछ । सुन्दर तथा बीलाशी पहिरनले व्याक्तित्वमा निखारता ल्याउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई उछिन्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साध दिनेछ भने आफन्तजन सँग बिग्रिएको सम्बन्धमा सुधार आउनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्यावस्थापनका मुद्दाहरु हल भएर जानेछन् । मामा तथा मावली पक्षबाट पनि अपेक्षा अनुसारको सहयोग पाईने योग रहेकोछ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने आकस्मिक धन तथा सम्पति लाभहुने योग रहेकोछ । अध्ययन अध्यापनको क्षेत्रमा भनेजस्तो प्रगति हुने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सन्तान तथा आफन्तहरुले तपाईले शुरु गरेको व्यापार व्यावसायमा साथ तथा समर्थन दिनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि आजको समय उत्तम रहेकोछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

खर्च बढ्ने तथा उपलब्धि हात नलाग्न सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा मन नजाद अरु भन्दा पछि परिनेछ । आमा तथा आफन्तबाट टाडिएरु लामो यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । प्रेममा रमाउने चाहनेहरुका लागि समय उत्तम नहुन सक्छ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानि गर्न सकिनेछ । घर जग्गा तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्तजन तथा परिवारका सदस्यहरुको भेटघाटले दिन रमाईलोका साथ बिताउन सकिनेछ । खेलकुद तथा अन्य गतिबिधिहरु सौहार्दपुर्ण बाताबरणमा सम्पन्न हुनेछन् भने पढाईमा समय दिन सकिनेछैन । नयाँ मानिसको आगमनले मनमा उत्साह जाग्नेछ । माया प्रेमको सम्बन्ध झन मजभुत हुँदै जाने योग रहेकोछ । व्यापारमा थोरै समय दिएपनि प्रशस्त आम्दानि हुँने हुँदा मन प्रशन्न रहनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम धाति रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा औषधि उपचार खर्च बढ्न सक्छ । स्वदेशि व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ भने बिदेशमा उत्पादित बस्तुको व्यापार फस्टाएर जानेछ । माया प्रेममा सामान्य मनमुटावको अवस्था सिर्जन नहोला हुँन सक्छ ध्यान दिनुहोला ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।

ज्योतिषी तारानाथ भण्डारी ।