कोरोना महामारीमा पनि अहोरात्र खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई गित मार्फत धन्यवाद दिदै गायक सुगम पोखरेल (भिडियो)

कोरोना महामारीमा पनि अहोरात्र खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई गित मार्फत धन्यवाद दिदै गायक सुगम पोखरेल (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लोकप्रिय गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । प्रारम्भको आवाजमा सार्वजनिक भएको यो पहिलो गीत हो ।

‘धन्यवाद’ बोलको गीतमा सुगम पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । बिहिबार प्रारम्भ भण्डारीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारी पनि फिचर्ड छन् । गीतले संसारभर संकट निम्त्याएको कोरोना भाइरस जस्तो विपदमा हरेस नखाई लड्नुपर्ने संदेश दिएको छ । भय र त्रासको यो समयमा पनि रातदिन नभनि खटिरहेका स्वास्थ्यकर्मी ,सुरक्षाकर्मीहरु र सम्पूर्ण फ्रंटलाइन वर्कर्सलाई
यस गीत मार्फत धन्यवाद दिइएको छ ।

गीतको भिडियो निर्देशन एलिन श्रेष्ठले गरेका हुन् । भिडियो उत्तम हुमागाईं र असू बस्नेतले खिचेका हुन् भने भिडियोमा सम्पादन लोकेश बज्राचार्य को रहेको छ ।