विश्व चर्चित टेलिभिजन फ्रेन्चाइज गायन रियालिलिटी सो आइडलको नेपाली संस्करण ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनाले आज शुक्रबार साझ हुदै छ । जस अन्तर्गत आज नेपालले तेस्रो नेपाल आइडल पाउदै छ ।
एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको नेपाल आइडल सिजन ३ मा ३ दमदार प्रतिष्पर्धीहरु बर्दिया राजापुरका प्रवीण बेडुवाल,मोरङ पथरीकी सज्जा चौलागाई र महोत्तरी बर्दिबासका किरण कुमार भुजेल रहेका छन् ।
हजारौं प्रतिष्पर्धीहरुलाई उछिन्दै उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता घोषणा गरिने छ । विजेताले ‘नेपाल आइडल–३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । यसअघि सिजन एकमा बुद्ध लामा र सिजन रवि ओडले आइडलको उपाधि जितेका थिए । भने आइडलको निर्णायकहरु न्ह्युु वज्राचार्य ,इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।
प्रतिक्रिया