कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी, १२ भदौ । कोरोना भाइरस  कोभिड–१९ सङ्क्रमणका कारण आज पोखरामा एक जनाको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा आएका पोखरा महानगरपालिका वडा नं १६ निवासी ५२ वर्षीय पुरुषको उपचारका क्रममा आज अपराह्न १२ः१५ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक सहप्रा डा अर्जुन आचार्यले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण भई उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु हुने निज छैटौँ सङ्क्रमित रहेको बताइएको छ ।

रानीपोखरीको पुनःनिर्माण ९० प्रतिशत सम्पन्न

ऐतिहासिक रानीपोखरी पुनःनिर्माणको काम ९० प्रतिशत सम्पन्न भएको छ ।

गत वैशाखमा नै सक्नेगरी काम अघि बढेको थियो । कारोना भाइरस रोकथाम तथा नियन्त्रणका कारण मुलुकभरि नै बन्दाबन्दी भएपछि गत चैतदेखि काम अघि बढ्न सकेको थिएन । निर्माण कामअन्तर्गत अहिले बालगोपालेश्वर मन्दिरको गजुर र सौन्दर्यकरण्को काम भइरहेको छ । अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

गत जेठको पहिलो सातादेखिनै निर्माणको काम शुरु गरेपनि कामदार अभावका कारण गति लिन सकेको थिएन, अहिले पनि थोरैको सङ्ख्यमा मात्र कामदारले काम गरीरहेका छन् । हाल काम गरिरहेका कामदारले नै निरन्तर काम गर्न पाए आगामी असोजसम्म निर्माण कार्य सम्पन्न हुने बताइएको छ । बन्दाबन्दी अघि ६० जना कामदारले दैनिक रुपमा काम गरिरहेका थिए । हाल ३२ जना कामदारले मात्रै काम गरिरहेका छन् ।

पोखरीमा पानी राख्न अझै केही समय लाग्ने

गत साउनको दोस्रो साता नै पोखरी निर्माण सम्पन्न भइसकेको थियो । त्यसमा पानी राख्न केही समय लाग्नेछ । अहिले पोखरीमा आकासको पानी मात्र राखिएको छ । दरबार हाईस्कुल र त्रिचन्द्र कलेजबाट आकासको पानी सङ्कलन गरी पोखरीमा रािखिएको छ । दीर्घकालिन रुपमा ती पोखरीमा पानी कहाँबट राख्ने भन्ने बारे छलफल भइरहेको प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताउनुभयो ।

“रानीपोखरी आसपासबाट बोरिङ्मार्फत पानी ल्याउने तयारी भएपनि स्थानीय र सम्पदा विज्ञहरुको अवरोधले काम अघि बढाउन सकिएको छैन्”, उहाँले भन्नुभयो, “अब मेलम्चीको पानी राख्ने तयारी छ । त्यसका लागि केही समय कुर्नुपर्छ ।” विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनःनिर्माणको काममा तीन वर्ष ढिलाइ भएपछि पछिल्लो समय राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जिम्मा पाएपछि कामले गति लिएको हो ।

कोरोना भाइरस सङ्क्रमणका कारण केही समय ढिला भएपनि आगामी असोज महिनाभित्र पोखरीको पुनः निर्माणको कामले पूर्णता पाउने प्राधिकरणको दावी छ ।

सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण गर्नेगरी प्राधिकरणलाई जिम्मेवारी दिएपछि निर्माणको काम अघि बढेको हो । प्राधिकरणले मन्दिर पुरानै शैली (ग्रन्थकुट÷शिखर) मा पुनःनिर्माण गर्न गरी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ ।

पुनःनिर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । मन्दिरको उचाइ ५३ फिटको हुनेछ । प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र अर्थात ने सं. ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (वि.सं. १७२७÷ई.सं. १६७०) मा शिलापत्र राखिएको थियो । पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाइएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर,उत्तर–पूर्व कुनामा भैरबको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।