काठमाडौँ, १२ भदौ। अन्तराष्ट्रिय फ्रेन्जाइज गायन रियालिलिटी सो ‘नेपाल आइडल-३’ को ग्रान्ड फिनालेमा आज हुदै छ । कोरोना महामारीका बाबजुत पनि विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै आज उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो।
उत्कृष्ट ३ मा पुग्न सफल प्रतिष्पर्धीहरु सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल रहेका छन् । यी तिन जनाबाट नै आज ‘नेपाल आइडल-३’ को बिजेता छनौट हुदैछ । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो।
उत्कृष्ट ३ मा पुग्न सफल प्रतिष्पर्धीहरु मध्य एक जनताले दिएको भोटको आधारमा विजेता घोषित हुनेछ। विजेताले ‘नेपाल आइडल-३ को उपाधिसहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन्।
कोरोनाको कारण भब्य कार्यक्रम गर्न नमिल्ने भएपछि अन्य एपिसोड जस्तै सामान्य तवरमै सञ्चालन गर्न लागिएको हो। कोरोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो। कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्।
मोरङ पथरीकी सज्जा चौलागाई, बर्दिया राजापुरका प्रवीण भेटवाल र महोत्तरी बर्दिबासका किरणकुमार भुजेल मध्य को बन्ला त ‘नेपाल आइडल-३’ को बिजेता ? हेरौ भिडियो ।
प्रतिक्रिया