“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमै निधन

“व्ल्याक प्यान्थर” बाट चर्चित अभिनेता बोसम्यानको ४३ बर्षमै निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लस एन्जेलस, १३ भदौ । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ ।

क्यानसरसँग लामो समयदेखि जुधिरहनु भएका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो । ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात हुनुभएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।

उहाँको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो । दक्षिण क्यारोलिनामा जन्मिनु भएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उहाँका समर्थकहरुले विश्वभरीबाट उहाँप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । रासस÷एपी