सुनकोशी पहिरो पीडित सुरक्षित स्थानमा

सुनकोशी पहिरो पीडित सुरक्षित स्थानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनकोशी गाउँपालिका–६ धुसेनीमा गएको पहिरो पीडितको घर बनाउन गाउँपालिकाले रु पाँच लाख दिने भएको छ । पहिराले घर पुरिएकाको घर निर्माण गर्न रु पाँच लाख सहयोग गर्ने अध्यक्ष श्रमणकुमार जिसीले बताउनुभयो ।

उहाँले घटनास्थलमै पुगेर पीडितसमक्ष प्रतिपरिवार रु पाँच लाख दिने घोषणा गर्नुभएको हो । आज बिहान गएको पहिराले चार घर पुरेको थियो । जनप्रतिनिधि, सेना र प्रहरीको सहयोगमा जोखिममा रहेकालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ । सुरक्षित स्थानान्तरणका लागि ३० बण्डल जस्ता र छ वटा टेण्टसमेत गाउँपालिकाले दिएको छ ।

पहिराले खिलबहादुर भण्डारी, सीताराम भण्डारी र इबहादुर भण्डारीको घर पुरिएको थियो । पहिराको जोखिममा रहेका अन्य नौ घर परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ । रासस