चन्द समूहका नेता भुजेल र पौडेल रिहाः रिहाइलगत्तै फरार

चन्द समूहका नेता भुजेल र पौडेल रिहाः रिहाइलगत्तै फरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेत्रविक्रम चन्द समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन् । सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिर फरार भएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिनुभयो ।

बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिए पनि फरार भएको र अहिले प्रहरीले चारैतिर खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो । जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए । सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।रासस