कोमामा रहेका भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

कोमामा रहेका भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको सोमबार निधन भएको छ ।

झण्डै एक महिना अगाडि मस्तिस्कमा रगत जमेका कारण अस्वस्थ हुनुभएका भारतका पूर्व राष्ट्रपति मुखर्जी सैनिक अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । मुखर्जीको उपचार सफल हुन नसकेको चिकित्सकहरुले जनाएका छन् ।

उहाँ केही दिनदेखि अचेत अवस्थामा हुनुहुन्थ्यो । उहाँको स्वास्थ्य अवस्थामा कहिले सुधार आउने, कहिले स्थिर हुने भइरहेको चिकित्सकहरुले बताउँदै आएका थिए ।

उहाँका छोरा तथा पूर्व सांसद अभिजित मुखर्जीले पनि सामाजिक सञ्जाल ट्वीटर मार्फत् पिता मुखर्जीको निधन भएको जानकारी दिनुभएको छ ।

उहाँले ट्वीटमा लेख्नु भएको छ, “भारी हृदयका साथ यो जानकारी गराउन वाध्य छु की मेरा पिता प्रणब मुखर्जी अब हामीबीच रहनु भएन, उहाँलाई बचाउन हरसम्भव प्रयास गर्नुभएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र उहाँको सुस्वास्थ्यको कामना गर्नुभएका सवै सुवेच्छुक तथा इष्टमित्रहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

उहाँ भारतको १३ औँ राष्ट्रपति हुनुभएको थियो । उहाँको कार्यकाल सन् २०१२ देखि २०१७ सम्म रहेको थियो । राष्ट्रपति हुनु पहिले भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता समेत रहनुभएका मुखर्जी त्यसअघि सोही दलबाट अर्थमन्त्री समेत हुनुभएको थियो ।

उहाँको जन्म सन् १९३५ को डिसेम्बर ११ मा भारतको मिरितीमा भएको थियो । उहाँकी श्रीमती सुभ्रा मुखर्जीको भने उहाँ राष्ट्रपति भएकै बेला सन् २०१५ मा निधन भएको हो ।