दलितमाथि भएका घटनाको छानबिन गर्न मन्त्रीको संयोकत्वमा समिति

दलितमाथि भएका घटनाको छानबिन गर्न मन्त्रीको संयोकत्वमा समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं २ मा पछिल्लो समयमा एकपछि अर्को दलितहरुमाथि भएका घटनाबारे छानबिन गर्नका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको जातीय विभेद तथा छुवाछूत अनुगमन समितिको पहिलो बैठकले सो छानबिन समिति गठन गरेको हो ।

उक्त समितिमा प्रमुख प्रतिपक्षी दल नेकपाका सचेतक एवम् अनुगमन समितिका सदस्यसमेत रहनुभएका सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सुनितादेवी मोची, प्रमिलादेवी दास र प्रदेश प्रहरीका प्रमुख सदस्य सचिव रहनुभएका छन् । सो छानबिन समितिले प्रदेशअन्तर्गत रौतहटलगायत विभिन्न जिल्लामा दलितमाथि घटेका घटनाको सम्बन्धमा छानबिनका लागि १५ दिनको समय निर्धारण गरिएको छ । यस प्रदेशले दलित माथिको भेदभाव अन्तका लागि प्रदेशसभाले पारित गरेको ‘दलित सशक्ति ऐन’ अनुसारको कार्य प्रदेश सरकारले प्रारम्भ गरेको हो ।

त्यसैगरी बैठकले लकडाउनमा खाना नपाएर मृत्यु भएका सप्तरीका मलर सदा र विराटनगरमा उपचारको रकम तिर्न नसकी अस्पतालमा ब’न्धक बनेका भुटाई सदाको परिवारलाई रु एक लाख ५० हजारको दरले आर्थिक सहयोगका लागि प्रदेश सरकारमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ । साथै रौतहटमा हत्या भएका निरञ्जन राम र मित्रादेवी बैठाको परिवारलाई समेत आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री राउतको अध्यक्षतामा रहेको अनुगमन समितिमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलित सदस्यहरु सुन्दर विश्वकर्मा, चमेलीदेवी दास, प्रमिलादेवी दास, फुलियादेवी सदाय, रवीन्द्र बैठा, सुनितादेवी मोची, श्यामपरीदेवी राम, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रुपेश साह सदस्यसचिव रहनुभएको छ ।रासस