झापामा कृषि ज्ञान केन्द्रको भवन

झापामा कृषि ज्ञान केन्द्रको भवन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापाको भद्रपुरमा रु दुई करोड १५ लाख ८९ हजार १२१ को लागतमा नवनिर्मित कृषि ज्ञान केन्द्र भवनको उद्घाटन गरिएको छ ।

प्रदेश नं–१ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानामगरले भवनको उद्घाटन गर्दै अब स्थानीय तहलाई नै कृषि पकेट क्षेत्रको विकास गर्ने अधिकार प्रदान गरिएको बताउनुभयो ।

सो भवनको निर्माण विसं २०७५ साउन १० गते सम्पन्न हुने गरी खनाल एण्ड आशिषदीप जेभी भद्रपुरले विसं २०७३ माघ २६ गते ठेक्का सम्झौता गरेको थियो । तर सो समयमा भवन सम्पन्न नभएपछि २०७७ असार ३० गतेसम्मका लागि भवन निर्माणको म्याद थपिएको थियो ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु सात करोड ४८ लाख एक हजार र सङ्घीय सरकारबाट रु चार करोड ४५ लाख ९८ हजार गरी जम्मा रु ११ करोड ९३ लाख, ९९ हजार बजेट विनियोजन भएको बताउनुभयो ।