अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा गरेका छन् । उनले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा बुझाएका हुन् ।
राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए। त्यससँगै उनले मन्त्री पदबाट राजीनामा दिनुपर्ने अवस्था आएको हो ।
अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी हुदै वित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा आफुले जिम्मेवारी सम्हालेको जग बसाल्न सफल भएको प्रतिक्रिया दिएका छन् । त्यस्तै आफ्नो कार्यकालमा राजस्व प्रशासनमा समेत सुधार भएको खतिवडाले बताए ।
मन्त्री खतिवडाले आफूले जग बसालेर बिदाइ भए पनि त्यसलाई निरन्तरताको जिम्मेवारी कर्मचारीमा रहेको समेत बताएका छन् ।
प्रतिक्रिया