जिल्लाको महाकुलुङ गाउँपलिकामा अत्याधिक रक्तश्रावका कारण सुत्केरीको अकालमा मृत्यु भएको छ । महाकुलुङ ३ ककी २८ वर्षीया रविमाया कुलुङको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान छेस्काम स्वास्थ्चौकीमा नवजात शिशुलाई जन्म दिएकी कुलुङको रक्तश्राव नरोकिएपछि प्राथमिक स्वास्थ्य केन्द्र सोताङ ल्याउँदै गर्दा पेल्माङ भन्ने स्थानमा मृत्यु भएको हो ।
प्रतिक्रिया