जन्तरे मामा नामले परिचित पूर्वेली भाइरल गायक अमित राईको आफ्नै गित सार्बजनिक, दुई चार घण्टा भित्रै सामाजिक संजाल भरी भाइरल (भिडियो)

जन्तरे मामा नामले परिचित पूर्वेली भाइरल गायक अमित राईको आफ्नै गित सार्बजनिक, दुई चार घण्टा भित्रै सामाजिक संजाल भरी भाइरल (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुर्बबाट आजभोलि एकपछी अर्को सुमधुर आवाजले नेपाली गित सङ्गीतलाई धेरै माथि पुर्याउदै गरेको अवस्थामा फेरि एकपटक ४८ वर्षीय अमित कुमार राई मिडियामा आएका छन ।

जसको आवाजमा छुट्टै जादु रहेको पाइन्छ । स्व. स्वर सम्राट नारायण गोपालका गितहरु दुरुस्तै गाएर चर्चामा आएका उनमा अदभूत लुकेको प्रतिभा भेटिन्छ । घर पथरी सनिस्चरेमा बसोबास गर्ने जादुमय स्वरका धनी अमित कुमार राईको सानैदेखीको सपना गित गाउने रहेको बताउदै आखाभरी आँसु बनाए । सपना गायक बन्ने भएपनी बाध्यताले केही गर्न नसकेको र अहिले मात्र मिडियाले खोजी गरेको र आफू मिडियामा छाउदै गर्दा भावुक हुँदै सबैलाई धन्यवाद दिए ।

घर परिवार आफैले हेर्नुपर्ने अनि घरको आर्थिक अवस्था एकदमै नाजुक भएकाले गित रेकर्ड गर्न नसकेका उनको कहानी बेग्लै छ । चौबिसै घन्टा रेडियो बोकेर हिड्ने गरेका उनले आजसम्म कहि कतै गित संगीत सिक्ने मौका पाएका छैनन तर उनको गायकी देखेर जो कोहि चकित पर्छन । सम्भु राई, जितेन राई, स्वर सम्राट स्व नारायण गोपाल,उधित नारायण झा, लगायत धेरै श्रस्ठाहरुको गित जस्ताको त्यस्तै नबिगारी गाउने उनको क्षमता देखेर अहिले सबै छक्क पर्ने अवस्था आएको छ ।

गरिबि अनि बाध्यताले आफुले केहि गर्न नसकेको उनि बताउछन । उनै अमित कुमार राई अन्तत आफ्नै गित रेकर्ड गर्न काठमाडौँ आइपुगेका छन् । ‘फुलाई फुलको’ बोलको गितमा उनले निक्कै राम्रो स्वर दिएका छन् । उक्त गीतको रचना गोपाल चन्द्र राई, म्युजिक तोरेम्पा, एरेन्ज रोशन बान्तवाले गैरका छन् । निक्कै सुमधुर स्वरका धनि जन्तरे मामा अमित कुमार राईको आफ्नै स्वरमा रेकर्ड भएको पहिलो गित पनि यहि हो । हेर्नुहोस स्टुडियो भर्जनको भिडियो सहितको गित ।