‘ह’त्यालाई आ’त्मह’त्या बनाउने प्रयास भयो’

‘ह’त्यालाई आ’त्मह’त्या बनाउने प्रयास भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी देवानगञ्ज–४ निवासी जयशंकर महतोले आफ्नी छोरीको ह’त्या भएको तर प्रहरीले जाहेरी लिन नमानेको आ’रोप लगाउनुभएको छ । निजकी छोरी रिङकीकुमारी मेहता (महतो) विराटनगरस्थित इडेन बर्क कलेजमा बिबिएस दोस्रो वर्ष अध्ययनरत थिइन् । सोही गाउँपालिका बस्ने रमेशकुमार मेहताले यही भदौ ३ गते अ’पहरण गरी घरमा लगेर ह’त्या गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जयशंकरले बताउनुभयो ।

“मेरी छोरीलाई घरमै ह’त्या गरी सल घाँटीमा बेरेर झु’ण्डाई आ’त्मह’त्या देखाउन खोजिएको छ । यसले हामीलाई झनै पी’डित बनाएको र यस घटनाको अवस्थामा प्रहरी प्रशासनले वास्तविक घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, मृतककी बुबा जयशंकर महतोले माग गर्नुभएको छ । यस्तो ज’घन्य अपराधको मुद्दा लिन नमान्ने प्रहरी प्रशासनप्रति आ’क्रोश पोख्दै जनशंकरले आफ्नी छोरीको ह’त्या भएको निवेदन हुलाकमार्फत पठाउनु पर्दा आफू झनै पी’डित भएको र आफ्नी छोरीको ह’त्या गर्नेलाई कानूनी कारबाही हुनुपर्ने माग गर्नुभयो । रासस