मुख्यमन्त्री राउतको जितिया पर्वमा शुभकामना

मुख्यमन्त्री राउतको जितिया पर्वमा शुभकामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज जितिया पर्वका व्रतालु महिलाप्रति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी शुभकामना प्रकट गर्नुभएको छ ।

मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ–आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरेर पर्व मनाउने गर्छन् । आजबाट विधिवतरूपमा शुरु भई शुक्रबार बिहान यो पर्व सम्पन्न हुन्छ । रासस