नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले जनप्रतिनिधि जनताको मालिक नभई सेवक बन्नुपर्ने बताउनुभएको छ ।पोखरा महानगरपालिका वडा नं १७ घारीपाटनस्थित म्यूजियम मार्ग टोलसुधार समितिद्धारा आज यहाँ आयोजित विकास निर्माणमा जनप्रतिनिधिको भूमिका विषयक छलफल कार्यक्रममा उहाँले जनप्रतिनिधि चुनावी घोषणापत्रका आधारमा जनसेवामा जुट्नुपर्ने औँल्याउनुभयो । खानेपानी जनताको पहिलो नैसर्गिक अधिकार भएको बताउँदै उहाँले त्यसका लागि प्रदेश सरकारले दुई वर्षभित्र प्रत्येक घरमा धारा पु¥याउने लक्ष्यसाथ एक घर एक धारा अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । अध्यक्ष थापाले म्यूजियम मार्गको खानेपानी सुधारका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्पmत रु दश लाख सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले क्रिरियापुत्री भवन निर्माणका लागि आवश्यक सहयोग गरिने वचनबद्धता पनि व्यक्त गर्नुभयो ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगी, नेकपा पोखरा १७ का अध्यक्ष सुभाष ढुङ्गाना र नेपाली कांग्रेसका नेता नारायण श्रेष्ठले विकास निर्माणमा राजनीतिभन्दा माथि उठेर जनताको सेवामा जुट्नुको विकल्प नभएको बताउनुभयो । टोल सुधार समितिका अध्यक्ष हरि बाँस्तोलाले २०५२ सालमा विस्तार भएको दुई इन्चीको पाइपबाट ६९ धारा जडान भएको जानकारी दिंँदै सो मार्गमा चार इञ्चीको पाइप विस्तार गरिने बताउनुभयो । लामो समयदेखि खानेपानीबाट वञ्चित यस क्षेत्रका बासिन्दालाई मार्गका पूर्व र पश्चिमतर्पm ६। ६ इञ्चको पाइप विस्तार भइसकेको हुँदा आगामी दिनमा खानेपानीको सुविधा पुग्ने विश्वास समितिका सचिव भगवान श्रेष्ठले व्यक्त गर्नुभयो । रासस
प्रतिक्रिया