जिल्ला अस्पतालको सेवा प्रतीक्षालयबाट

जिल्ला अस्पतालको सेवा प्रतीक्षालयबाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालले ओपिडी (बहिरङ्ग) सेवा प्रतीक्षालयबाट दिन थालेको छ । जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतीक्षालयबाट सेवा शुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल गौतमले बताउनुभयो ।

बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतीक्षालयबाट सेवा दिइने उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोभिड–१९ को जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उहाँले बताउनुभयो । अस्पतालका कुनै पनि सेवा नरोकिएको डा गौतमको भनाइ थियो । बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उहाँले बताउनुभयो ।