काठमाडौँको कीर्तिपुरमा घरबेटीको कु टाइबाट एक व्यक्तिको मृत्यु भएको छ।
बाराको कलैयाका ४८ वर्षीय शम्भु चौधरीलाई भाडाको विषयमा वि वाद हुदा घरबेटी कीर्तिपुर नगरपालिका– ७ का ६६ वर्षीय प्रेमलाल महर्जनले ढोकाको आग्लो प्र हार गर्दा घाइते भएका उनलाई अस्पताल लगीए पनि मृत्यु भएको हो । महर्जनको कु टाई पछी घाइते भएका चौधरीलाई प्रहरीले कीर्तिपुर मोडल अस्पताल पुर्याए पनि उनको उपचारको क्रममै मृत्यु भएको हो ।
लकडाउनको बेला रोजीरोटी गुमेपछि ज्यामी काम गर्ने चौधरीले समयमा भाडा तिर्न नसक्दा घरबेटीसंगको सम्बन्ध बिग्रिदै गएको छिमेकीहरु बताउछन । पहिले देखि नै वि वाद भएपनि घरबेटीले केहि भाडा छुट दिने तर कोठा छोडेर जानु भन्ने सर्त बमोजिम चौधरीले कोठा पनि सारी सकेको एक छिमेकीले बताए । तर शुक्रबार बिहान त्यहि विषयमा वि वाद हुदा घटना घटेको प्रत्यक्षदर्शी बताउछन ।
अहिले घरबेटीलाई प्रहरीले पक्राउ गरेर अ नुसन्धान अगाडी बढाएको छ ।
०००
भक्तपुर थिमि निकोसेरामा कुकुरसहित एकै घरका तीन जनाको ह’त्या
मध्यपुरथिमि नगरपालिका –९ निकोसेरास्थित एकै परिवारका तीन जनाको ह’त्या गरेका अवस्थामा आज शव फेला परेको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै रहेको चारतले घरमा कुकुरसहित सुदीप अधिकारीको परिवारका सदस्यको ह’त्या गरिएको अवस्थामा श’व फेला परेको हो ।
आफ्नै घरको चौथो तलाको भान्छाबाट कौसी निस्कने ठाउँमा ३६ वर्षीय अधिकारी, दोस्रो तलाको ओछ्यानमा श्रीमती ३४ वर्षीया सम्झना र तेस्रो तलाको कोठाको ओछ्यानमा १५ वर्षीय छोरा सुशान्तको शव रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो । दोस्रोे तलाको भ¥याङ नजिकै कुकुरसमेत मरेका अवस्थामा भेटिएको बताइएको छ ।

आज करिब ४ बजे मृतकका भाइ सुनिलले आफू दाजुका घरमा आइपुग्दा तीन शव फेलापछि प्रहरीलाई खबर गर्नुभएको थियो । उहाँका अनुसार घरको पहिलो तलादेखि माथिका सबै तलाका ढोका चुकुल नलगाएको र अलिकति खुला अवस्थामा थिए । मृतकको घरसंँगै बस्ने लक्ष्मी लामाले तीन दिनदेखि उक्त घरका सदस्य बाहिर ननिस्किएको जानकारी दिनुभयो ।
तीन दिनअघिसम्म अधिकारी परिवारले किराना पसल खोलेको र दिउँसोदेखि बन्द रहेको जानकारी दिँदै उहाँले लकडाउनका कारण पसल बन्द गरेर बाहिर ननिस्किएको हो कि भन्ने आफूलाई लागेको बताउनुभयो । मृतकको अवस्था र शव गन्हाएकाले घटना केही दिन अगाडि भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुुरु गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान महाशाखाको अनुसन्धानविज्ञ टोलीले राति साढे ८ बजेपछिसम्म घटनास्थलमै रहेर अनुसन्धान गरेको छ ।
महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाले घरका तीन जनाको श’ङ्कास्पद मृत्यु भएको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार कुनै धा’रिलो ह’तियार प्रयोग गरेर ह’त्या गरेको देखिएन । अनुसन्धान जारी रहेकाले अहिले नै यही हो भनेर भन्न सकिँदैन । रासस
प्रतिक्रिया