हुम्लीले आगलागी पीडितलाई आर्थिक सहयोग

हुम्लीले आगलागी पीडितलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काम र व्यापारको सिलसिलामा तिब्बतको ताक्लाकोटमा रहेका हुम्लीले आगलागी पीडितका लागि आर्थिक सहयोग गरेका छन् । यही भदौ १७ गते सर्केगाड गाउँपालिका–७ वामनबाडा ठूलोगाउँमा भएको आगलागीबाट पूर्ण क्षति भएका छ घरपरिवारसहित अन्य आंशिक क्षति भएका घरपरिवारलाई हुम्लीले एक लाख तीन हजार ५०० आर्थिक सहयोग गरेका हुन् ।

ताक्लाकोटबाट आएको आर्थिक सहयोग सिमकोट आइपुगेका आगलागी पीडितलाई प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी र वडाध्यक्ष कृष्णप्रसाद जैशीको रोहवरमा वितरण गरिएको हो । आगलागीबाट घर जलेर पूर्णरूपमा क्षति भएका छ घरपरिवारलाई जनही रु १० हजार र आंशिक क्षति हुने छ घरपरिवारलाई जनही रु ६ हजार ५०० प्रदान गरिएको हो ।

ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका हुम्लाका स्थानीयहरुले कैलाश व्यापार सङ्घ गठन गरेको र सो सङ्घका उपाध्यक्ष लामु लामामार्फत सहयोग रकम प्राप्त भएको हो । लामाले समेत रु २५ हजारका साथै अन्य २८ जनाले सहयोग गरेको छिटुप लामाले जानकारी दिनुभयो । रासस