कोरोना सङ्क्रमित महिलाबाट शिशुको जन्म

कोरोना सङ्क्रमित महिलाबाट शिशुको जन्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना सङ्क्रमित एक महिलाले नवजात शिशुलाई जन्म दिनुभएको छ । कोरोना सङ्क्रमण भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालको आइसोलेसनमा बस्नुभएकी एक महिलाले बच्चा जन्माउनुभएको हो ।

कोरोेना सङ्क्रमित महिलाले स्वस्थ शिशु जन्माएको अस्पताका निर्देशक युवराज आचार्यले बताउनुभयो । आमालाई आइतबार सङ्क्रमण पुष्टि भए पनि जन्मिएको शिशु स्वस्थ रहेको उहाँको भनाइ छ । “कोरोना सङ्क्रमण देखिएकी महिलाबाट शिशुको जन्मभएको छ”, उहाँले भन्नुभयो, “सामान्य प्रक्रियाबाटै बच्चा जन्मियो, अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य छ ।” शल्यक्रिया गर्न नपर्दा थप जोखिम नभएको उहाँको भनाइ छ । अस्पतालले सङ्क्रमित सुत्केरीको नाम भने सार्वजनिक गरेको छैन ।

अस्पतालले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित गर्भवतीलाई प्रसूति सेवा दिन आइसोलेसन डेलिभरी रुम सञ्चालनमा ल्याएको छ । सङ्क्रमित महिलाको डेलिभरीका लागि आइसोलेसन डेलिभरी रुम र शल्यक्रिया थिएटर सञ्चालनमा ल्याइएकाले सङ्क्रमितलाई सेवा दिन सजिलो भएको अस्पतालले जनाएको छ ।