संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति स्थापनाका लागि विश्व समुदाय साथ साथमा मिलेर पहल गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले विश्वमा शान्ति स्थापनाका लागि नयाँ रुपले र सामुहिक पहलको थालनी गर्न आग्रह गर्नुभएको हो । उहाँले संयुक्त राष्ट्रसंघमा सदस्यका रुपमा आबद्ध विश्वका सबै देशहरु, नागरिक समाज र विश्वका विभिन्न स्थानमा हिंसा मच्चाइरहेका विभिन्न सशस्त्र समूहहरुलाई पनि शान्ति स्थापनाको काममा एकसाथ लाग्न सो आग्रह गर्नुभएको हो ।
उहाँले विश्वका विभिन्न देशमा सशस्त्र विद्रोहका रुपमा हिंसा गरिरहेका विभिन्न समूहहरुलाई यो अपिल गर्नुभएको हो । उहाँले अफगानिस्तान र सुडानमा पछिल्ला दिनहरुमा शान्ति स्थापनाका लागि भएका पहलहरु सकारात्मक रुपमा अघि बढेका पनि बताउनुभयो ।
त्यसैगरी सिरिया, लिबिया र युक्रेनमा पनि पछिल्ला दिनहरुमा युद्धविरामका साथै पछिल्लो समयमा हिंसा रोकिएकोले ती देशमा पनि अफगानिस्तानको जस्तै शान्ति वार्ताको पहलका लागि पनि उहाँले आग्रह गर्नुभएको हो ।
प्रतिक्रिया