स्रष्टा सम्मानका लागि शान्ति समाजद्वारा तीन पुरस्कार थप

स्रष्टा सम्मानका लागि शान्ति समाजद्वारा तीन पुरस्कार थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ असोज । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत तीन वटा स्रष्टा सम्मान थप गरेको छ ।

समाजले स्व पवित्रादेवी चौलागार्इं मानव अधिकार स्रष्टा सम्मान, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान र ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान गरी थप तीन वटा पुरस्कार स्थापना गरेको महासचिव सुशील बस्नेतले राससलाई जानकारी दिनुभयो । यसअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका तीन जना स्रष्टालाई जनही रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरिनेछ ।

पुरस्कार स्थापनार्थ अक्षय कोषका लागि स्व चौलागार्इंका छोरा शान्ति समाजका सल्लाहकार होमकान्तले रु दुई लाख र चन्द्रकला तथा ज्ञानप्रसाद खनालका छोरा÷बुहारी समाजका वरिष्ठ उपसभापति गोविन्द र राधिका खनाल तथा रुपन्देही शाखा सभापति धनपति खनाल र लक्ष्मी पन्त खनालले रु चार लाख प्रदान गर्नुभएको उहाँले बताउनुभयो ।

तीनै पुरस्कार हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा यसै वर्षदेखि प्रदान गरिने समाजले जनाएको छ । पुरस्कृत व्यक्तित्व छनौटका लागि समाज केन्द्रीय कार्य समितिका सभापति उत्तम पुडासैनीको संयोजकत्वमा सल्लाहकार चौलागाईं, संस्थापक महासचिव सुवास ढकाल, संस्थापक सदस्य कृष्ण कँडेल, वरिष्ठ उपसभापति गोबिन्द खनाल, उपसभापति रेनुका पौडेल र महासचिव बस्नेत सम्मिलित छनौट समिति गठन गरिएको छ ।

यससँगै स्रष्टा सम्मान अभियानअन्तर्गत शान्ति समाजद्वारा स्थापित पुरस्कारको सङ्ख्या १० पुगेको छ । रासस