गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पाँचौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीलगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सबैमा सःुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना गर्नुभएको छ । सन्देशमा उहाँले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको र तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यस अनुरुप संरचनाहरू संस्थागत र सुदृढ हुँदै गएको उल्लेख गर्नुभएको छ ।
संविधानले सुनिश्चित गरेको सामाजिक न्यायसहितको समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा मुलुक अगाडि बढिरहेको उहाँको भनाइ छ । रासस
प्रतिक्रिया