पेरिसडाँडाबाट एक महिला पक्राउ

पेरिसडाँडाबाट एक महिला पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असोज । प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो । झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । रासस