उद्यमशिलतमा जोड दिएर सामाजिक सेवा दिवस मनाइने

उद्यमशिलतमा जोड दिएर सामाजिक सेवा दिवस मनाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ५ असोज । यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ । गैरसरकारी संस्था महासङ्घ नेपाल, गण्डकी प्रदेशले आज पोखरामा पत्रकार सम्मेलन गरी समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशीलता भन्ने नारालाई सार्थक पार्न आर्थिक समृद्धि, सचेतना, सामाजिक उत्तरदायित्वलगायतका विषयसँग जोडेर यही असोज ६ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी मनाउन लागेको जानकारी गराएको हो ।

गैसस महासंघका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले अब गैससलाई उद्यमशिलतामा जाने वातावरण निर्माण गरेर सामाजिक उत्तरदायित्वमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । सामाजिक कार्यकर्ता दायित्वलाई जनसमक्ष पु¥याउँदै सङ्गठनको वर्गीकरण गरेर कामका आधारमा जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ थियो । “गैससमा आवद्ध विभिन्न समूह युवाले गरेका ‘इन्नोभेशन’का कामलाई उद्यमशिलतमा जोड्नु पर्छ र आफूले जानेको सीप ज्ञानलाई राष्ट्रिय गौरवको रुपमा स्थापित गर्नुपर्र्छ”, सुवेदीले भन्नुभयो । उहाँका अनुसार सामाजिक सेवा दिवसका अवसरमा सात प्रदेशमा करीब आठ सय कार्यक्रम समाज कल्याण परिषद्मा दर्ता भएका छन् ।

गैसस महासङ्घ गण्डकीकी अध्यक्ष विनाकुमारी सिलवालले कोभिड–१९ को प्रभावले यस वर्षका सामाजिक सेवा कार्यक्रमलाई भर्चुअल र विभिन्न सञ्चार माध्यमबाट साथै केही मात्र स्थलगत कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार गण्डकी प्रदेशमा चार सय ५० संस्था गैससमा आवद्ध छन् । हालसम्म एकसय ३८ कार्यक्रम तय भएका छन् ।

यस वर्षको ४१ औं सामाजिक सेवा दिवसको नारा ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ । रासस