सभापति देउवाद्वारा पर्वतारोही आङरिता शेर्पाको निधनप्रति दुःख व्यक्त

सभापति देउवाद्वारा पर्वतारोही आङरिता शेर्पाको निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ असोज। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘हिम चितुवा’ को उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको आज बिहान भएको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले एक शोक वक्तव्यमार्फत १० पटकसम्म विनाअक्सिजन सगरमाथा आरोहण गर्नुभएका स्व शेर्पाको कीर्तिमान पर्वतारोहणका क्षेत्रमा सदैव स्मरणीय
रहिरहने उल्लेख गर्नुभएको छ ।

पछिल्लो पुस्ताका युवा एवं युवा पर्वतारोहीका लागि शेर्पा सदैव साहस र प्रेरणाको प्रतिमूर्ति रहनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पणका सााथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । रासस