नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन तथा कलाकार विजय लामालाई कोरोना संक्रमण पुष्टि भएको खबर यस अघि नै प्रशारण भैसकेको छ । यसै बीच क्याप्टेन लामाले आफ्नो कोभिड-१९ संक्रमणको अनुभवलाई क्यामेरामा कैद गरेर सर्बसाधारणलाई पनि सार्बजनिक गरेका छन ।
उनलाई कोरोना भाइरसको संक्रमण पोजिटिभ मात्र भएको नभएर लक्षणयुक्त संक्रमण भएको छ । धेरैलाई कोरोना संक्रमण भएपनि लक्षण भने निक्कै थोरैलाई मात्र देखिने गर्दछ । ति लक्षण देखिने मध्यमै क्याप्टेन लामा पनि परेका छन । कोरोना पोजिटिभ भएसंगै होटल सोल्टीमा सेल्फ आइसोलेशनमा बसेका क्याप्टेन लामालाई विस्तारै ज्वरो बढ्ने र खानाको स्वादहरु हट्दै गयो र अमन भयो । पछी ज्वरो १०३ डिग्री सम्म पुगेपछि उनि काठमाडौँको स्टार अस्पतालमा भर्ना भए ।
अस्पतालमा पुगेपछि डाक्टरहरुले उनलाई स्वासप्रस्वास सहजताको लागि अक्सिजन देखि विभिन्न खाले औषधि र फ्लुड दिए । अस्पताल पुगेको दिन उनको स्वास्थ्य अवस्था निक्कै नाजुक रहेको उनले सार्बजनिक गरेको भिडियोमा पनि स्पष्टै देख्न सकिन्छ । डाक्टरले उनको कोरोना संक्रमण निक्कै सिभियर भएको र क्रिटिकल अवस्थामा रहेको पनि बताएका छन । तर अस्पतालमा ३ दिनको उपचार पछि भने उनलाई निक्कै सन्चो भएको उनि बताउछन ।
क्याप्टेन लामाले अस्पतालको बेडबाट नै सबै नेपालीलाई कोरोनालाई हल्का रुपमा नलिन समेत आग्रह गरेका छन । कोरोना केहि हैन भनेर गल्ति गर्दा एकबारको जीवन तल माथि हुन सक्ने उनको भनाई छ । जीवन रहे पो सबैथोक गर्न सकिन्छ जीवन नै रहेन भने के गर्नु – क्याप्टेन लामा भन्छन ।
क्याप्टेन लामाले आफु छिट्टै निको भएर विदेशमा रहेका नेपालीलाई फर्काउने र राष्ट्रप्रति समर्पित हुने जानकारी दिएका छन् । क्याप्टेन विजय लामाले कोभिड-१९ संग गरेको संघर्ष र अनुभव तल हेर्नुहोस ।
प्रतिक्रिया