ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा २० दिनपछि सुचारु

ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको सञ्चार सेवा २० दिनपछि सुचारु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढोरपाटनको बाढीग्रस्त क्षेत्रमा अवरुद्ध भएको २० दिन पछि सञ्चार सेवा पुनः सुचारु गरिएको छ । अविरल वर्षासँगै गत भदौ १७ गते राती ढोरपाटनको भूजीखोलामा आएको बाढीले लघु जलविद्युतमा क्षति पु¥याउँदा विद्युतसँगै मोवाइल टावर समेत बन्द भएको थियो । केन्द्रीय विद्युत नपुगेको ढोरपाटन क्षेत्रमा लघुजलविद्युतबाट मोवाइल टावर सञ्चालन गरिँदै आइएको थियो ।

बाढीले ढोरपाटनको भूजीखोला क्षेत्रको ११ जलविद्युतमा क्षति पु¥याउँदा सञ्चार सुविधाबाट वञ्चित भएका ढोरपाटनबासीलाई नेपाल टेलिकमले वैकल्पिक उर्जा सोलार जडान गरी सोमबारदेखि सेवा सुचारु गरेको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिनुभयो । बाढीका कारण ढोरपाटन नगरपालिका–८ र ९ मा भदौं १७ गतेदेखि सञ्चार सुविधा अवरुद्ध भएको थियो । बाढीका कारण वेपत्ता भएका ३७ मध्ये २२ जनाको शव फेला परेको छ भने १५ जना अझै वेपत्ता रहेका छन् ।

विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा सञ्चार मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पु¥याएको हुँदा तत्काल त्यहाँ सोलार जडान गरी मोवाइल सेवा सञ्चालनमा आउन सकिएको थिएन । ढोरपाटन नगरपालिकाको समन्वयमा सालझण्डी–ढोरपाटन सडक आयोजनाले केही दिन पहिले उक्त स्थानसम्म सडक मर्मत गरे पछि सोलारका सामाग्री पु¥याएर जडान गरिएको हो । “तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको हो,” उहाँले भन्नुभयो “सोलार प्रणलीबाट जडान गरिएको टावर घाम नलाग्दा समस्या ल्याउन सक्छ, विद्युत सुचारुचएपछि पुन टावरलाई विद्युतवाट सञ्चालनमा ल्याउने छौं ।”

ढोरपाटन ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको छ । सेवा सुचारु गर्न टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडक बाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको हो ।

बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिङ्क बन्द रहेको थियो । लिङ्क बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा समेत २० दिनदेखि मोवाइल सेवा अवरुद्ध रहेको टेलिकम पोखराका इञ्जिनियर शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । टावरमा सोलार जडान गर्न प्राविधिक कटकबहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । यही सोमबारदेखि मोवाइल सेवा सञ्चालनमा आएसँगै स्थानीयहरू खुशी भएको ढोरपाटन –९ का वडाध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिनुभयो ।

पाडोपाडी संरक्षणमा जुटे युवा

भैँसी ब्याँएपछि पाडोपाडी कटाउने चलन सबै गाउँमा छ । त्यसैले अहिले गाउँमा भैँसी पाउनै मुश्किल भएको छ । पाइहालेमा महंगो मूल्य तिर्नुपर्ने भएको छ । दूध बढाउने निहुँमा पाडोपाडी मासिदा र पशुपालनको झञ्झट बेसाउन नचाहने स्थानीयको चाह अनुसार गाउँमा स्थानीय जातका भैँसी देखिन समेत कठिन हुन थालेको छ । बलेवाका एक युवाले पाडोपाडी किनेर पाल्न थाल्नुभएको छ । काठमाडौँबाट होटल व्यवस्थापनमा स्नातक गर्नुभएका ती युवाले बन्दाबन्दीमा घर आएको समयमा नितान्त फरक उद्यम शुरुआत गरेका हुन् । उहाँ अहिले गाउँमै बसेर पोडोपाडी हुर्काउनु व्यस्त हुनुहुन्छ । स्थानीय जातका भँैसी तथा राँगो लोपहुन थालेपछी संरक्षणका लागि थालिएको हो ।

बागलुङ नगरपालिका–१३ पैयुपाटाका २४ वर्षीय रमेश शर्मा लामिछानले पाडोपाडी लोप हुन थाले पछि संरक्षण गर्नका लागि अग्रसरता देखाउन थाल्नुभएको हो । गाउँमै बस्ने सोच बनाउनुभएका उहाँले गत असारदेखि गाउँका पाडोपाडी खरिद गरेर पाल्न थालनुभएको छ । नयाँ काम गर्नुपर्दछ भन्ने सोच अनुसार गाउँका लैना पाडोपाडी किनेर पाल्दै आएको उहाँले जानकारी दिनुभयो । उहाँको गोठमा अहिले ४५ पाडोपाडी छन् ।

“बन्दाबन्दीका कारण गाउँ आएको म काठमाडौँ नजाने गरि पाडोपाडी हुर्काउन थाले” युवक लामिछानेले भन्नुभयो “अनलाइनबाटै डिग्री पढ्ने र पाडापाडी खुर्काउने सोचका साथ भौतिक संरचना निर्माण गरिहेको छु ।” यस्तो पढे लेखेको मान्छेले लैना पाडो उठाउँदै हिँडेको देखेर गाउँलेले नकरात्मक टिका टिप्पणी गर्दै आएको भए पनि आफू विचलित नभएको उहाँको भनाई छ । शुरुमा पुरानो गोठबाट पाडोपाडी हुर्काउन थाल्नुभएका उहाँले अहिले सात लाख खर्च गरेर आधुनिक गोठ समेत निर्माण गर्नुभएको छ ।

“गाउँमा पाडापाडी व्याएमा हामीलाई खबर गर्नु हामी लगेर पाल्छौं भनेर अभियान चलाइयो,”उहाँले भन्नुभयो, “पाडोपाडी जन्मे पछि काटेर खानेलाई दिदाँ गाउँमा भँैसी नपाइने समस्या भए पछि यस्तो व्यवसाय शुरु गरेको हुँ ।” उहाँका अनुसार, पाडोपाडी हुर्काएर ठूलो भएका भैँसी सुपथ मुल्यमा बिक्री गर्ने लक्ष्य छ । कम्तीमा १ सय पाडोपाडी हुर्काउने लक्ष्य रहेको जानकारी दिनुभयो । दुई भैँसी र एक गाउँले दिएको दूध खुवाएर पाडापाडी हुर्काउन थाल्नुभएका उहाँले जन्मेको तीन महिनापछि पाडोपाडीले घाँस र अन्न खाना थाले पछि भने सहज हुने बताउनुभयो । काठमाडौंमा होटल व्यवसाय गर्दै आउनुभएका दाजु चेतन र लालु लामिछानेलाई सघाउदै आउनुभएका उहाँले दाजुकै सल्लाहमा गाउँमा पाडोपाडी संरक्षण गर्न थाल्नुभएको हो । उहाँले बलेवा पशुपालन केन्द्र नामक फर्म दर्ता समेत गर्नुभएको छ ।

पाडोपाडी संरक्षण गर्न थाले पछि भैँसी तथा राँगोकोे सहजता गराउने युवा किसान लामिछानेको भनाई छ । उहाँले एक हजारमा लैनो पाडो खरिद गरेर ल्याउदै आउनुभएको छ । पाडोपाडी हुर्काउन पाउँदा निकै सन्तुष्टी मिलेको उहाँको भनाई छ । लैना पाडोपाडी सङ्कलन गरि पाल्ने पशुपालनबाट दुग्ध उत्पादनमा गाउँ र जिल्लालाई आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने सोचका साथ फरक पेशामा लागेको उहाँको भनाइ छ । ––– रासस