नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोर्ने चार जना पक्राउ

नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोर्ने चार जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ६ असोज । नेपाल टेलिकम विराटनगरका विभिन्न स्थानका तार चोर्ने चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ, विराटनगर महानगरपालिका वडा नं ६ बस्ने २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रवीन सहनी र १९ वर्षीय सुमित सहनी छन् ।

जिल्ला प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई महानगरपालिकाको जामुनगाछीबाट टेलिकमको १५० पेयर र २२० मिटर केवल तार र को ९ प ४१५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । अभियुक्तलाई चोरी ऐनअन्तर्गत कानूनी कारवाही गरिने प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनुभयो । रासस