सेनाले दियो बालीनालीको क्षतिपूर्ति

सेनाले दियो बालीनालीको क्षतिपूर्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असोज । नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिपूर्तिवापत रु तीन लाख दश हजार उपलब्ध गराएको छ ।

काठमाडौंँ–तराई–मधेश द्रुतमार्गको उक्त खण्डमा साउनको पहिलो साता भएको वर्षा र निर्माण क्रममा आएको पहिराबाट ती परिवारको बालीनालीमा क्षति पुगेपछि सेनाले सम्बन्धित व्यक्तिकै वैँक खातामा क्षतिपूर्तिको रकम उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त क्षतिपूर्ति रकम सम्बन्धित वडा कार्यालयको सिफारिशमा उपलब्ध गराइएको बताइएको छ । रासस