गोठ पुरिँदा बे पत्ता भएका पुरुषको श व भेटियो

गोठ पुरिँदा बे पत्ता भएका पुरुषको श व भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा, ८ असोज । अविरल वर्षापछि गोठ भत्केर काठेखोला गाउँपालिका–२ भीमापोखरामा बे पत्ता भएका पुरुषको श व फेला परेको छ । बुधबार साँझ गोठमाथिबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ वर्षीय टेकबहादुर खातीलाई बे पत्ता बनाएको थियो । आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले पहिरो पन्छाएर खोजी गर्दा उहाँको श व फेला परेको प्रहरी निरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

ढुङ्गामाटोको गोठ अचानक बुधबार साँझ भत्केको हो । गोठ भत्केको थाहा पाएपछि अक्षेतेस्थित प्रहरी चौकीका सहायक निरीक्षक विनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घ टनास्थल पुगेको थियो । आज जिल्लाको उद्धार टोली पुगेपछि मात्रै खातीको श व फेला परेको हो । गोठमा एक भैँसीसहित अन्य चौपाया पनि मरेका थिए ।रासस