खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको श व फेला

खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको श व फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, ९ असोज । वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको श व फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो ।

प्रहरीले उक्त श व बालकको रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताउनुभयो । “श वको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ”, उहाँले भन्नुभयो, “कसले किन फालेको हो भन्नेबारे अनुसन्धान शुरु भइसकेको छ ।” प्रहरीले घ टनास्थलबाट मुचुल्का उठाएर श व परीक्षणका लागि प्रदेश अस्पताल कालागाउँ पठाएको छ । रासस