बाढीले बगाइ तीन दिनदेखि बेपत्ता हुनुभएका कृष्ण पौडेलको श व आज फेला

बाढीले बगाइ तीन दिनदेखि बेपत्ता हुनुभएका कृष्ण पौडेलको श व आज फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रौटा, ९ असोज । तीन दिनदेखि बेपत्ता हुनुभएका कृष्ण पौडेलको श व आज फेला परेको छ । बुधबार कपिलवस्तुको वाणगङ्गा नगरपालिका कोइली खोलामा आएको बाढीले विद्युत् कार्यालय जितपुरको जीप बगाएको थियो । जीपमा सवार छमध्ये तीन जना पौडेर बाँच्न सफल भएका थिए भने दुई जनाको यसअघि शव फेला परेको थियो ।

बेपत्ता पौडेलको शव कपिलवस्तु नगरपालिका – ६ सगरहवामा पानीमा तैरिरहेका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । मृतक तीनमध्ये बुधबार नै एक जनाको श व भेटिए पनि दुई जना भने बेपत्ता थिए । बिहीबार थप एक जनाको श व भेटिएको थियो । पौडेल नेपाल विद्युत् प्राधिकरण फ्युज सेवा जीतपुरका प्रमुख हुनुहुन्थ्यो । रासस