हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने

हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ११ असोज । हिमाली जिल्ला जुम्लाको विमानस्थल विस्तार गरिने भएको छ । चालू आव २०७७÷७८ देखि बहुवर्षीय आयोजना अन्तर्गत विमानस्थल विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि अध्ययन गरिने नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विस्तृत अध्ययनका लागि रु १७ लाख ६९ हजार ९१२ बजेट चालू आवमा विनियोजन भएको छ, प्राधिकरणको आफ्नै स्रोतबाट विमानलस्थलमा फायर सेड निर्माण कार्य गत वर्षदेखि निरन्तरता रहेको छ ।”

त्यसैगरी विमालस्थल विस्तार गर्नका लागि रु एक करोड बजेट विनियोजना भएको जनाइएको छ । विमालस्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । चालू आवमा खर्चतर्फ कार्यालय सञ्चालनका लागि रु २९ लाख ६० हजार बजेट विनियोजना भएकोे छ । रासस