दम्पतीलाई बो’क्सा बो’क्सी भन्दै सामाजिक वहिस्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान

दम्पतीलाई बो’क्सा बो’क्सी भन्दै सामाजिक वहिस्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बो’क्सा बो’क्सी भन्दै सामाजिक वहिस्कार गरेको आ’रोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बो’क्सा बो’क्सी भन्दै सामाजिक वहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो । सामाजिक वहिस्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका छ मध्ये पाँच जना कारागार चलान भएका छन भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ । उनीहरुलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको उनीहरु विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बो’क्साबो’क्सीको आरोप लगाउँदै सामाजिक वहिस्कार गरेको थियो । स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक वहिस्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दु’व्र्यवहार गरेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ । रासस