वाग्मती प्रदेशका एउटा विधेयक प्रमाणीकरण

वाग्मती प्रदेशका एउटा विधेयक प्रमाणीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रमाणीकरण गर्नुभएको छ ।

उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रेदश सभाबाट पारित भई आएको उक्त विधेयक आज प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिनुभयो ।

सो विधेयक गत साउन ६ गते वाग्मती प्रदेश सभाबाट पारित भएको थियो ।