कोभिड–१९ को चपेटामा खेल्दै सिक्ने केन्द्र

कोभिड–१९ को चपेटामा खेल्दै सिक्ने केन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना महामारीको प्रभाव बाँकेको वैकल्पिक शिक्षा कार्यक्रमअन्तर्गत नेपालगन्जमा तीन वटा खेल्दै सिक्ने केन्द्रका बालबालिका र किशोरकिशोरीहरुमा समेत परेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा बाँके युनेस्को क्लब र समुन्नत नेपालद्वारा सञ्चालित खेल्दै सिक्ने केन्द्रलाई प्रभावकारी बनाउन रणनीतिक कार्ययोजना तयसमेत भइसकेको अवस्थामा कोभिड–१९ को महामारी र त्यसपछिको लकडाउनले अप्ठेरोमा पारेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा विकास तथा समन्वय एकाइ, बाँके युनेस्को क्लब र समुन्नत नेपालको संयुक्त कार्यदलले निर्माण गरेको कार्ययोजना कोरोना महामारीका कारण कार्यान्वयनमा ल्याउन नसकिएको समन्वय एकाइ बाँकेका प्रमुख रामसुरत यादवले बताउनुभयो । करिब १२ हजार बालबालिका र किशोरकिशोरी विद्यालयबाहिर रहेकाले उनीहरुलाई केन्द्रमा समेट्ने उद्देश्य राखिएको सो कार्ययोजना महामारीको अवस्थालाई आँकलन गरी कार्यान्वयमा ल्याइने जनाइएको छ ।

उपमहानगरपालिकाको घसियारन टोल, बसुदेवपुर र भवनियापुरमा केन्द्र स्थापना भइसकेको छ । खेल्दै सिक्ने केन्द्रलाई अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनिसेफले पनि सघाएको छ भने सम्बद्ध वडा कार्यालयले यसको अपनत्वसमेत ग्रहण गरेको छ ।

श्रम गर्नुपर्ने तर विद्यालय जान नसक्ने बालबालिका र किशोरकिशोरीले केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म जुनसुकै समयमा आएर पढन र खेल्न पाउने व्यवस्था मिलाइएको छ । यद्यपि कोरोना महामारीका कारणका अहिले उनीहरुको पहुँच त्यहाँ पुग्न सकेको छैन । बालबालिकाको उज्ज्वल भविष्य निर्माण र उनीहरुको सम्पूर्ण विकास प्रक्रियामा लगानी गर्नुपर्ने मुख्य उद्देश्य रहेकाले केन्द्र सञ्चालनमा ल्याइएको साझेदार संस्था बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक रवि तुलाधरले बताउनुभयो ।

केन्द्रमा विद्यालय छाडेका १० वर्षदेखि १९ वर्ष उमेरका तथा जाँदै नगएका बालबालिका र किशोरकिशोरीलाई विषयगत पाठ्यक्रमसँगै स्वास्थ्य, उद्यमशील, सूचना तथा प्रविधि, आय आर्जनलगायतका विषयमा ज्ञान दिने अनौपचारिक पाठ्यक्रम निर्माण गरिएको जनाइएको छ । रासस