कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु पुष्टि भएको छ । मृतक मध्य ६ जना महिला र ६ जना पुरुष रहेका छन् ।
मृतकहरुमा चितवनको ५५ र १८ वर्षीय दुई महिला, काठमाडौँको ८९ वर्षीय एक महिला, ललितपुरको ७० वर्षीय एक महिला,तनहुको २० वर्षीय एक महिला र कपिलवस्तुको ६० वर्षीय एक महिला रहेका छन् । त्यस्तै पुरुष संक्रमितहरुमा बाराको ९७ वर्षीय एक पुरुष, चितवनको ६५ वर्षीय एक पुरुष, भक्तपुरको ४० वर्षीय एक पुरुष, काठमाडौँको ७० र ७५ वर्षीय दुई पुरुष, धादिङको ४७ वर्षीय एक पुरुष रहेका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या २५१ पुगेको छ । यो कुल संक्रमितको ०.६ प्रतिशत हो
तयस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार १२० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३२० र ८०० जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ४१ हजार ६४९ जना पुगेको छ । काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ३८८ जनामा कोरोना संक्रमण देखिएको छ । त्त्यस मध्य काठमडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जना रहेका छन । यो संगै काठमाडौँ उपत्यकामा थप साबधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्र १ हजार १२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २३ हजार २९० जना रहेको छ ।
प्रतिक्रिया