बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

बिरामीले उपचार नपाएपछि अस्पतालमा प्रशासनको अनुगमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्लाका अस्पतालमा बिरामीले उपचार नपाएर मृत्यु भएको समाचार बाहिर आए सँगै स्थानीय प्रशासनले अनुगमन थालेको छ । अस्पतालमा आएका बिरामीको मृत्यु भएपछि प्रशासनले अस्पतालको बिरामी भर्ना, शुल्क, शैयाको अवस्था, दक्ष जनशक्तिको अवस्था, संस्थाले दिदँै आएको सेवा, कोरोना सङ्क्रमितको अवस्था, सङ्क्रमितका लागि छुट्याईएको बेड लगायतका विषयमा अनुगमन गरेको हो ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माको नेतृत्वमा भरतपुर क्षेत्रका ६ निजी अस्पतालको अनुगमन गरिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार दुईवटा मेडिकल कलेज, मनकामना अस्पताल, नारायणी सामुदायिक हस्पिटल, सिटी अस्पताल लगायतमा अनुगमन गरेको हो । शर्माले अस्पतालमा आएका बिरामीले उपचार नपाएको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको बताउनुभयो । अनुगमन नियमित रुपमा प्रत्यक्ष र अप्रत्यक्ष गरीने बताइएको छ ।

केही दिन अघि जिल्लाका निजी अस्पतालले बिरामी भर्ना नलिएपछि भरतपुर अस्पतालमा पुगेको केही समयमा तीन जनाको एकै दिन मृत्यु भएको थियो । कोरोना सङ्क्रमणको समयमा अस्पतालले बिरामीलाई उपचार नगर्नु भनेको जिम्मेवारीबाट पन्छीनु भएकाले त्यस्तो हुन नदिनका लागि अनुगमन गरिएको उहाँको भनाई थियो ।