काठमाडौं,१५ असोज। सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले आफ्नो कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषदको बिहीबार बिहान बसेको बैठकले बैरागीलाई मुख्यसचिव नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए।
रेग्मीले आफ्नो कार्यकाल सकिन दुई हप्ता अघिनै पदबाट राजिनामा दिएपछि परराष्ट्र सचिव वैरागीलाई मुख्यसचिवको जिम्मा दिएका हो । मन्त्रिपरिषद्को बैठकले पूर्व अर्थमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडालाई अमेरिका र राजिनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको छ।
प्रतिक्रिया