प्रदेश नं ५ : कोरोना नियन्त्रण कोषमा रु १० करोड थप

प्रदेश नं ५ : कोरोना नियन्त्रण कोषमा रु १० करोड थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश नं ५ को मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा थप रु १० करोड निकासा दिने निर्णय गरेको छ । यसअघि रु १० करोड राखेर कोरोना कोष स्थापना भएको थियो ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । गत वर्षदेखि नै कामकाज गर्दै आएका कर्मचारीको यस वर्ष पनि दरबन्दी स्वीकृत भएको हो । बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशकमा बर्दिया, गुलरियाका मोतीप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।